प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
पौष २०७९
सवारी दुर्घटना
२०७९-०९-२९

मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरे भलादमी चोक स्थित पूर्वपश्चिम सडकखण्डमा ना ३९ प १४३९ नं.को स्कुटर दुर्घटना अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ९ जनाको टोली खटी गई हेर्दा जिल्ला मकवानपुर मनहरी गाउँपालिका-८ बस्ने अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, सोहि बस्ने मिलन मोक्तान र राक्सिराङ गाउँपालिका-३, लावती बस्ने  रुपेश तामाङ गम्भिर घाईते अवस्थामा फेला परेका थिए । निजहरूलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-०९-२७

मकवानपुर, हेटौडा उपमहानगरपालिका-११, थानाभर्‍याङ स्थित पूर्व पश्चिम सडकखण्डमा विशेष सुचनाको आधारमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले मनहरीबाट हेटौंडा तर्फ आँउदै गरेको ना८ख ९५३ नं. को बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१, बस्ने ६० वर्षीय डिल बहादुर चेपाङले बोकेको झोलाबाट लागुऔषध गाँजा ५ किलो ७०० ग्राम र  सोहि बस्ने १९ वर्षीय प्रकाश चेपाङले बोकेको झोलाबाट १ किलो ३०० ग्राम लागुऔषध गाँजा फेला परेका थिए । निज डिल बहादुर चेपाङ र प्रकाश चेपाङ दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०९-२५

सिन्धुली, कमलामाई नगरपालिका-९ स्थित भिमान चेकपोष्ट नजिकै बि.पि.राजमार्गमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा धरान बाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ४  ख ५०६० नं. को हायसको बाया तर्फको ५ नं. सिटमा सवार जिल्ला काठमाण्डौ किर्तिपुर नगरपालिका-१०, बस्ने ३७ वर्षीय नरेश श्रेष्ठले लगाएको कालो रङको ज्याकेटको बाहिरी खल्तीमा कालो प्लाष्टिकमा पोका पारी राखिएको खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ अन्दाजी ५.८ ग्राम सहित निज लाई पक्राउ गरी यस कार्यालयमा ल्याई आवस्यक अनुसन्धान गर्दा निजको साथमा रेडमि कम्पनी र स्यामसुङ कम्पनीको मोबाईल थान १-१ र नगद रु ३८,०००(अर्तिस हजार) सहित नियन्त्रणमा लिईएको ।  घटना सम्बन्धी आवश्यक अनुसन्धान कार्य भईरहेको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०९-२५

सिन्धुली, कमलामाई नगरपालिका-९ स्थित भिमान चेकपोष्ट नजिकै बि.पि.राजमार्गमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्र.३-०१-००६ ख ०६२६ नं.को बसबाट झरी सडकमा हिड्दै गरेको अवस्थामा जिल्ला पाचथर फिदिम नगरपालिका-१ बस्ने बर्ष २१ को बबिन थापा मगरले लगाएको कालो रङको ज्याकेटको बायातर्फको भित्री खल्तिमा कालो प्लाष्टिकमा बेरी खुकुरी चुरोटको बट्टाभित्र पोका पारी राखिएको हिरोईन जस्तो देखिने पदार्थ अन्दाजी ५८० मिलिग्राम र निज सगै हिड्दै गरेको निजकै साथी सोहि बस्ने बर्ष २० को आयुस मुखियाको सोहि बसभित्र राखेको खैरो कालो रङको साईडमा भिर्ने झोलाको भित्री भागमा कागजको झोलामा रहेको अन्दाजी ९० ग्राम गाजा जस्तो देखिने पदार्थ फेला पारेको थियो । प्रहरीले दुबै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

नक्कली नोट सहित १ जना पक्राउ
२०७९-०९-२४

चितवन, कालिका नगरपालिका-१ डेरीचोक स्थितबाट प्रहरीले नक्कली नोट कारोबारमा संलग्न १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका १ गोगनपानी घर भई हाल चितवनको कालिका नगरपालिका-१ स्थितमा डेरा गरी बस्ने  ४२ वर्षीया गंगा थिङ्ग रहेकी छिन । निज थिङ्गले नक्कली नेपाली नोट कारोबार गरी रहेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरीको टोलीले निजको कोठामा खानतलासी गर्दा १ लाख ३६ हजार  नक्कली नोट बरामद गरेको हो । पक्राउ परेका थिङ्को साथबाट नक्कली जस्तो देखिने रु. १ हजारको नेपाली नोट १० थान, राष्ट्रिय वाणिज्य बैंकको १० लाखको चेक, मोवाईल १ थान र ल्यापटप १ थान बरामद भएको थियो । यस घटना बारे थप अनुसन्धान भईरहेको छ । 

आगलागीमा परी एक बालकको मृत्यु
२०७९-०९-२१

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-४ लप्से स्थित बस्ने सोहि वडाको वडाध्यक्ष सुर्के तामाङको लप्से युवा पशुपंक्षी फर्ममा अचानक आगलागि भएको छ । उक्त आगो पशुपंक्षिको दाना तथा पराल राखेको फर्मको कटेरोबाट सुरु भएको थियो । आगोमा सोहि फर्ममा काम गर्ने सोहि बस्ने बर्ष २५ की निर्जला कार्कीको छोरा बर्ष ३ को निर्जल कार्की उक्त आगोमा परी मृत्यु भएको छ । आगो प्रहरी र स्थानियहरुको सहयोगमा पुर्णरुपमा नियन्त्रणमा आएको हो । उक्त आगोबाट गोठ, दाना ढुटो र पराल जलि अन्दाजी रू ६,१४,०००।– (छ लाख चौध हजार) बराबरको क्षती भएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।  

अबैध अमेरिकी डलर देखाई ठगी गर्ने मानिसहरु नियन्त्रणमा
२०७९-०९-२०

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१७ सालकपार्क स्थित प्रहरीले बिशेष सुचनाको आधारमा अबैध अमेरिकी डलर देखाई ठगी गर्ने ४ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा आउने जिल्ला सिन्धुपाल्चोक बाह्बिसे नगरपालिका-३ बस्ने बर्ष अन्दाजी २१ को सोम बहादुर बम्जन, सोहि बस्ने बर्ष अन्दाजी ३३ को दिबस बम्जन, सोहि नगरपालिका-४ बस्ने बर्ष अन्दाजी २८ को कान्छा तामाङ र त्रिपुरासुन्दरी गाउँपालिका-३ बस्ने बर्ष अन्जी २८ को सुक्र तामाङ रहेका छन । निजहरुले प्रयोग गरेको बा.५० प ९३७२, बा.प्र.०२-०३४ प ४२८७, बा.प्र.०२-०१९ प ९६२६ नं.को मोटरसाईकल, अमेरिकी डलर १७४१ र नेपाली रु.६,२१०।- (छ हजार दुई सय दश) सहित नियन्त्रणमा लिएको छ । यस घट्नाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

प्रहरी दर्पण कार्यक्रम प्रशारण सम्झौता नवीकरण
२०७९-०९-१९

प्रहरी गतिविधीलाई संचार माध्यम मार्फत आम नागरिक समक्ष पुर्‍याउने सन्दर्भमा संचार माध्यमसंग औपचारिक समन्वयका साथ अगाडि बढ्ने मूल अभिप्रायका साथ बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाद्वारा निर्माण गरी सर्बोत्कृष्ट मिडिया प्रा.लि. द्वारा संचालित नेशनल गोल्ड टेलिभिजनबाट पाक्षिक रुपमा प्रशारण गरिँदै आएको प्रहरी दर्पण कार्यक्रम प्रशारण सम्बन्धी सम्झौता नवीकरण पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य र सर्बोत्कृष्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक उज्वल चौलागाइँले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०९-१८

सिन्धुली, कमलामाई नगरपालिक-९ स्थित रहेको प्रहरी चेकपोष्टमा प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा बर्दिबास बाट काठमाण्डौ तर्फ जाँदै गरेको ना. १ ज. ६८१५ नं. को सुमोमा सवार जिल्ला महोत्तरी बर्दिबास नगरपालिका-४ बस्ने अन्दाजी वर्ष १९ को जय कुमार कार्कीले बोकी ल्याएको खैरो रंगको लेदरको झोला भित्र लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा नियन्त्रित NITRAZEPAM  ( १० पत्ता मध्य २ पत्ताको ९ पिस ट्याबलेट निकालिएको अवस्थामा २९१ ( दुई सय एकानब्बे ) पिस लागुऔषध फेला पारेको थियो । उक्त लागुऔषध सहित निज जय कुमार कार्कीलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भैरहेको छ । 

लागुऔषध सहित २ जना मानिसहरु प्रहरीको नियन्त्रणमा
२०७९-०९-१७

सिन्धुली, सुनकोशी गाउँपालिका-६ कानढुग्रे स्थित वि.पि राजमार्गमा प्रहरीको चेकिङ टोलीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरीले धनुषाबाट काठमाण्डौ तर्फ आउँदै गरेको चालक जिल्ला धनुषा मिथिला नगरपालिका-९ वस्ने वर्ष २२ को धिरज ठाकुरले चलाई ल्याएको प्रदेश ३-०२-०११ प ८८८६ नम्बरको मोटरसाईल रोकी चेकजाँच गर्दा सोही मोटरसाईकल पछाडी सवार सोहि मिथिला-९ बस्ने वर्ष २६ को सर्वन साहले लगाएको ज्याकेटको दायाँ खल्तीबाट औषधि जन्य लागुऔषध फेला परेको थियो । निजहरुको साथबाट Codeine phosphate (Exiplon) लेखिएको १०० ML को ४ बोतल जम्मा ४००ML, Nitrazepam(Nitravet) लेखिएको ३ पत्तामा जम्मा ४४ ट्याप्लेट, Spasmo-proxyvon plus लेखिएको २ पत्तामा १४ ट्याप्लेट लागुऔषध फेला परेको थियो । प्रहरीले उक्त मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अन्य अनुसन्धान कार्य गरिरहेको छ । 

मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०७९-०९-१५

मकवानपुर, बकैया गाउँपालिका-५ तिनतले स्थित धरानचतरा सडकखण्डमा हेटौडाबाट फापरबारी तर्फ जाँदै गरेको ना २२ प ९९७७ नं.को मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ७ ख १३५२ नं.को सिमेन्ट लोड ट्रकले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक हेटौडा-१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जनको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक जिल्ला बारा निजगढ नगरपालिका-९ बस्ने २५ वर्षीय सुर्य बहादुर घिमिरेको शरिररको बिभिन्न भागमा चोट, अवस्था मध्यम रहेको, सोहि ट्रकमा सवार सहचालक निजगढ-४ बस्ने अन्दाजी २०/२५ वर्षीय टोकल जिम्बाको टाउकोमा चोट, अवस्था गम्भिर रहेको र मोटरसाईकलमा सवार हेटौडा-१८ फुर्केचौर बस्ने अन्दाजी ३५/४० वर्षीय हिरामाया लोप्चनको शरिरको बिभिन्न भागमा चोट, अवस्था गम्भिर रहेको छ । घाईते भएका मानिसहरुको उपचार हेटौडा अस्पताल तथा चुरेहिल अस्पतालमा भईरहेकोमा ट्रकको सहचालक जिम्बाको थप उपचारको चितवन पुरानो cmc रिफर गरिएको छ । मोटरसाईकल चालक भम्जनको हेटौडा अपतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गर्नुभएको थियो । यस घटनाको बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

कारले मोटरसाईकललाई ठक्कर दिदा २ जना गम्भिर घाईते
२०७९-०९-१३

काभ्रे, बनेपा नगरपालिका-१४ लहरीखर्क स्थितमा भक्तपुरबाट बनेपा तर्फ आउँदै गरेको बा.९च.९८२४ नम्बरको कारले बनेपा बाट साँगा तर्फ जाँदैगरेको बा.६४ प.६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जना मानिस गम्भिर घाईते भएका छन । घाईते हुने मोटरसाईकल चालक रोशी गाउँपालिका-२ बस्ने २२ वर्षीय पेम्बा लामा दाँया हात, दाँया खट्टा फ्याक्चर अवस्था मध्यम रहेको सोहि मोटरसाईकलमा सवार सोहि बस्ने २१ वर्षीय अम्बर  लामा  बाहिरी चोट नभएको  अवस्था गम्भिर बोल्न नसक्ने रहेको । घाईतेहरुको उपचारको लागि शिरमेमोरीयल अस्पताल बनेपा पठाएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

बसमा मोटरसाईकल ठक्कर खाँदा एकको मृत्यु
२०७९-०९-१२

काभ्रे, नमोबुद्ध नगरपालिका-२ बुच्चाकोट स्थित बि.पि. राजमार्गमा बसमा मोटरसाईकल ठक्कर खादाँ मोटरसाईकलमा सवार मानिसको मृत्यु भएको छ भने मोटरसाईकल चालक मध्यम घाईते भएका छन । मृत्यु हुने मानिस जिल्ला सिन्धुली दुधौली नगरपालिका डकाहा बस्ने अन्दाजी २०/२५ वर्षीय सुमन काफ्ले रहेका छन । धुलिखेलबाट भकुण्डे तर्फ जाँदै गरेको प्रदेश १-००१ प ०८८९ नं.को मोटरसाईकलले  सोहि दिशा तर्फ जादै गरेको बागमति प्रदेश ०२६ च ५२१० नं.को कारलाई ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउँदै गरेको बा ४ ख ६२७ नं.बसमा ठक्कर खादाँ दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका व्यक्तिहरुको उपचारको लागी धुलिखेल अस्पताल पठाईएको थियो । मृतक निज काफ्लेलाई धुलिखेल अस्पातालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गर्नु भएको थियो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

चोरीको चाँदी सहित मानिस प्रहरीको नियन्त्रणमा
२०७९-०९-०९

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२ बासपानी बस्ने २० वर्षीय सन्तोष मगरको घरमा प्रहरीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा निजको घरमा अन्दाजी ९५ तोला चादी फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुरले जिल्ला भक्तपुर कमल विनायकबाट बा५३प ७५९७ नं.को अपाचे मोटरसाईकलमा सावर व्यक्तिले चादी चोरी गरी फरार भएको भनि हुलिया सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रिले गरेकोमा विशेष सूचनाको आधारमा उक्त मोटरसाईकल चालकलाई खोजतलाश गर्दै जाने क्रममा उक्त नं.को मोटरसाईकल मकवानपुरगढी-२ बासपानी बस्ने सन्तोष मगरको घरमा देखेपछि  सोधपुछ गर्ने क्रममा शंका लागि चेकजाँच गर्दा निजको घरमा स्रोत नखुलेको अन्दाजी ९५ तोला चादी फेला परेको थियो । प्रहरीले मोटरसाईकल, मोटरसाईकल चालक र चादी सहित नियन्त्रणमा लिएको छ । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

महेन्द्र पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०७९-०९-०८

चितवन, राप्ती नगरपालिका-२ गड्यौलि स्थित पुर्ब पश्चिम राजमार्गमा महेन्द्र पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पुर्बबाट नारायणगढ तर्फ आउँदै गरेको प्र.२-०३-००१ च १७९२ नं.को महेन्द्र पिकअप पैदल यात्री देश भारत घर भई हाल सोहि गड्यौलि बस्ने अब्दुल मसिनको छोरा ९ वर्षीय महमद एकलासलाई ठक्कर दिएको थियो । उक्त पिकअपको ठक्करबाट निज बालकको टाउकोमा चोट, अवस्था सिरियस रहेको थियो । घाईते भएका बालक एकलासको उपचार पुरानो मेडिकल कलेज भरतपुर भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

मकवानपुरमा झुण्डी २ जनाको मृत्यु
२०७९-०९-०७

मकवानपुर, हेटौडा उप-महानगरपालिका-९ स्थित औद्दोगिक क्षेत्र भित्र जिल्ला बारा बिसरमपुर गाउँपालिका-१ घर भई हाल हेटौडा नेस्लन स्टक्चर ईञ्जिनेरिङ कम्पनीमा काम गर्ने राम बिसाल राउट कुर्मीको छोरा २४ वर्षीय बलिराम कुमार पटेल कम्पनिले दिईएको क्वाटरको भित्र सिलिङमा रहेको फलामको पाईपमा नरिवलको डोरिले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । साथै हेटौडा उप-महानगरपालिका-१४ बदेलधाप बस्ने करण वाईवाको श्रीमती २० वर्षीय शुसिला वाईवाको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको शौचालयमा नाम्लाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन यस घटनाको बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुपाल्चोकमा करेन्ट सर्ट भई आगलागि
२०७९-०९-०७

सिन्धुपाल्चोक, जुगल गाउँपालिका-४ मान्जे बस्ने सुसिला सिलवालको घर संगै जोडेर बनाएको कटेज भित्र अचानक करेन्ट सर्ट भई आगलागी भएको छ । आगलागिबाट उक्त कटेज भित्र पार्किङ गरी राखेको चौतारा साँगाचोकगढी नगरपालिका-५ बस्ने साजन श्रेष्ठको बा.प्र.०२-०१९प ७०४२ नं. को १२५ सि.सि.को निलो स्कुटर पुर्ण रुपमा जली क्षती भएको, जुगल गाउँपालिका-२ लिदी बस्ने सुनलाल दोङको बा.प्र.०२- ०२१प ४१३८ नं.को २२० सि.सि.को रातो पल्सर मोटरसाईकलको अगाडीको भाग जली क्षती भएको, निज सुसिला सिलवालको अन्दाजी मुल्य रु.२०,०००(बिस हजार) बराबरको कटेज र चौपायमा कुखुरा १ चल्ला ४ जली क्षती हुँदा जम्मा अन्दाजी मुल्य रु. १८८,०००(एक लाख अठासी हजार) बराबरको क्षती भएको छ । आगलागिबाट कुनै मानविय क्षती नभएको, उक्त आगलागि स्थानियको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको हो । यस घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको छ । 

यात्रुवाहक बसले ठक्कर दिदा १ जनाको मृत्यु
२०७९-०९-०६

मकवानपुर, मनहरी गाउँपालिका-९ खरङगा स्थित पुर्व पश्चिम सडक खण्डमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुने जिल्ला भोजपुर भोजपुर नगरपालिका-७ कोदार बस्ने ४५ वर्षीय सिता मिजार रहेकी छिन । निज मिजार काकडभिट्टा बाट स्याङजातर्फ जाँदै गरेको ना५ख ६१०३ नं.को बसमा सवार भई आएकोमा सोहि स्थानमा चिया खान रोकिएको अवस्थामा बाटो क्रस गर्ने क्रममा झापाबाट पोखरातर्फ आउँदै गरेको लु२ख ४६०७ नं.को यात्रुवाहक बसले ठक्कर दिदा घाईते भई उपचारको लागि चुरेहिल अस्पताल हेटौडातर्फ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । निजको टाउकोमा चोट, अवस्था गम्भिर रहेको थियो । यस घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ । 

काभ्रेमा भवन उद्घाटन सम्पन्न
२०७९-०९-०४

ईलाका प्रहरी कार्यालय देवीटार काभ्रेको नवनिर्मित भवन समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा नवनिर्मत कार्यालय, ब्यारेक तथा भान्छाघरको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख बज्राचार्यले भौतिक पूर्वाधारको विकासले प्रहरीको काम कारबाहीलाई अझ ब्यवस्थित र प्रभावकारी तवरले सम्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सिन्धुपाल्चोकमा किराना पसलमा चोरी
२०७९-०९-०३

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-४ नौबिसे बस्ने ४४ वर्षीय बलराम भण्डारीको किराना पसलमा चोरी भएको छ । पसल भित्र टिनको ट्याङ्कामा राखिएको सुनको गरगहना र नगद चोरी भएको छ । चोरले रातको समयमा घरको किराना पसलको ढोकाको भित्रको लक बाहिरबाट ढकेली खुस्काई किराना पसल भित्र प्रवेश गरी किराना पसल भित्र राखिएको टिनको ट्याङ्काको लक खुस्काई ट्याङ्का भित्र रहेको उक्त गहना र नगद चोरेको हो । चोरी भएको सुनको गरगहाना सिक्री, तिलहरी (२ वटा), रिङ (१ जोर), मंगलशुत्र, औठी गरी अन्दाजी ६ टोला र नगद रू. २०,०००/- (बीस हजार) गरी जम्मा रू. ६५०,०००(छ लाख पचास हजार) बराबरको धनमाल चोरले चोरी गरेको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

चितवनमा झुण्डी २ जनाको मृत्यु
२०७९-०९-०२

चितवन, भरतपुर महानगरपालिका-१९ शारदानगर घर भइ हाल भरतपुर-२ क्षेत्रपुर रामेश्वर मन्दिर स्थित रहेको सितली श्रेष्ठको घरमा डेरा गरि बस्ने १९ वर्षीय बिनिता नेपालीको झुण्डी मृत्यु भएको छ । निज किचेन रुमको पङ्खा झुण्डाउने रडमा सलको पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेकी थईन । साथै चितवन कै कालिका नगरपालिका-६ कुमालटोल बस्ने जीवन कुमालको श्रीमती ३५ वर्षीय गोमा कुमालको पनि झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरमा आंफु सुत्ने कोठाको पंखाको हुकमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटनाको बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

मकवानपुरमा एक महिलाको मृत्यु
२०७९-०९-०१

मकवानपुर, हेटौडा उप-महानगरपालिका-५ सानोपोखरा बाटिका टोल डेरा गरि बस्ने २१ वर्षीय मनिका थापाको मृत्यु भएको छ । थाहा नगरपालिका-७ आग्रह घरभई हाल हेटौडा-५ सानोपोखरा बाटिका टोल डेरा गरि बस्ने निजको फुपुदिदि बर्ष ४१ कि सरिता खत्रि सगै निज थापा बस्दै आएकी थिईन । बेलुकी टाउको दुख्यो भनि निजको फुपुदिदिले झाक्रीकोमा लगि उपचार गराईसँगै कोठमा सुतेकोमा ओछ्यानमा बेहोस अवस्थमा देखि घरबेटि, छिमेकी र निज फुपुदिदीले उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा निज मनिका थापाको मृत्यु भएको थियो । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०९-०१

धादिङ, धुनिबेशी नगरपालिका-७ नौबिसे बजारमा ईलाका प्रहरी कार्यालय, खानिखोलाबाट प्रहरी नायाव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । पालुङबाट नौबिसे तर्फ आउँदै गरेको प्र.३-०३-०३ प ११८ नं. को स्कुटरलाई प्रहरीको उक्त टोलीले शंका लागि रोकी चेकजाँच गर्दा लागुऔषध गाँजा ६.५ किलो (6.5 kg) बोरामा फेला परेको हो । प्रहरीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भु बस्ने २६ वर्षीय सन्तोष महर्जन र २१ वर्षीय सर्जन देउला लाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<